११ असार २०७८, शुक्रबार

काठमाडौं । नेपालको लोकप्रिय एप ‘हाम्रो पात्रो’को व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियूक्त भएकी छन् । बि.सं.२०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नती गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एक मात्र आधिकारिक प्रतिनिधि एवं सम्पर्क व्यक्ति रहेको पनि जानकारी गराइएको छ । हाम्रो पात्रोको आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र सोही अनुसार सम्पर्क गर्नका लागि आग्रह पनि गरिएको छ ।

साथै, हाम्रो पात्रोसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ । हाम्रो पात्रोले सम्पूर्ण सञ्चारमाध्यमसँग सदाझै निरन्तर सहयोगको अपेक्षा गरेको पनि जनाएको छ ।

हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV