११ असार २०७८, शुक्रबार

काठमाडौं । अभिनेत्री सन्ध्या केसी वैवाहिक बन्धनमा बाँधिएकी छन् । अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योती कंशकारसँग कानूनी विहे गरेकी हुन् ।

‘खुसी शेयर गरेपछि मात्र वास्तविक हुन्छ’, भन्दै अभिनेत्री केसी आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत् वैवाहिक बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् ।

आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘हामीले कानूनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं ।’

अभिनेत्री सन्ध्याले ‘ड्रिम्स’, ‘पण्डित बाजेको लौरी’लगायत फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV