११ असार २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएका बैठकले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने र क्रियाशील सदस्यता छानविन समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो ।

वडा समितिको अधिवेशन अघि नै क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने छलफलमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए । त्यस्तै सभापतिको उम्मेद्वारका बिषयमा पनि छलफल भएको उनको भनाइ छ ।

त्यस्तै नेता अर्जुन नरसिंह केसीले क्रियाशील सदस्यता वितरणमा त्रुटी देखिएकोले पारदशी ढंगले यस बिषयको अन्तिम टुङ्गो लाग्नुपर्ने बताए । महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल भएको नेताहरुले जनाएका छन् ।

महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।

वरिष्ठ नेता पौडेलसहित सो समूहको छलफलमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV