११ असार २०७८, शुक्रबार

काठमाडौं । आफूहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सामूहिक राजीनामा दिएको जनाएका हुन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नारावाजी गरेपछि प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्राधिकरणले दिने भनिएको सुविधाहरुबाट बञ्चित गराउदा चरणबद्ध आन्दोलन गरेको महिनौ बितिसक्दा पनि मागहरु पूरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV