११ असार २०७८, शुक्रबार

काठमाडौं । गृहमन्त्री बिष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालय पुगेर मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् ।

उनले मातहतका कार्यालयको काममा आफूले हस्तक्षेप नगर्ने तर आफूलाई नतिजा चाहिने जिकिर गरे । मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफूलाई भेट्न नआउन निर्देशन दिए ।

त्यस्तै उनले अदालतमा भएका मुद्धा र राजनीतिक परिस्थीतको प्रभाव गृह प्रशासनमा पार्न नहुने भन्दै नियमित काममा केन्द्रीत हुन पनि निर्देशन दिए । गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निर्देशन दिए ।

उनले अहिले दलीय व्यवस्थाको निर्दलिय परिभाषा गर्ने चेष्टा भएको भन्दै दलीय व्यवस्थाप्रति गहिरो प्रतिवद्धता रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरि ५ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV