११ असार २०७८, शुक्रबार

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) अस्वस्थ भएपछि अस्पताल भर्ना हुनु भएको छ । नेपाली साहित्यका आयामेली कविआयामेली कविको रुपमा परीचित उहाँको बिहीबार मस्तिष्क घात भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

रातिको समयमा प्रकाशन हुन लागेको आफ््नो कृतिकै कमा गरिरहेको बेला उहाँ अस्वस्थ बन्नु भएको पारीवारिकक श्रोतले जनाएको छ । उहाँ ८२ वर्षको उमेरमा रहनु भएका नेम्बाङ एक्कासी बेहोस भएपछि ओम अस्पतालमा भर्ना हुनु भएको बताइएको छ ।

जाँचाको क्रममा उहाँको मस्तिष्क घात भएको र एउटा हात नचल्ने अवस्थामा रहनु भएको बताइएको छ । उहाँ लिम्बू भाषा तथा मुन्धुमका जनाकार हुनुको साथै सो बारे झण्डै ५ दशक अघिबाट खोज अनुसन्धान गदै आउनु भएका व्यक्तित्व हुनुहुन्छ ।

यस सम्बन्धमा उहाँले दर्जनौं कृतिसमेत प्रकाशन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV