११ असार २०७८, शुक्रबार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फलफुल रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा आफूले निजी निवासमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएको बताउनु भएको छ ।

उहाँले विगतमा पनि आफ्नो जन्म दिन फलफुल रोपेर मनाउदै आएकोले त्यसको निरन्तरता स्वरुप यो पाली पनि आफ्नो श्रीमतीसँग लिचीको विरुवा रोपेको बताउनु भएको छ ।

‘आज मेरो जन्म दिन । गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु । आज मैले मेरो जीवन संगिनीको साथमा आफ्नै निजी निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएको छु,’ उहाँले भन्नु भएको छ,  ‘आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV