११ असार २०७८, शुक्रबार

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष ०७८/०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । माथागढी गाउँपालिकाले आगामी वर्षको लागि ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ रुपैया बराबरको बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष निर्मला भटराइले सडक पूर्वाधार विकास, शिक्षा, कृषि तथा पशुपालन, खानेपानी, विद्युत र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्नु भएको छ ।

नवौं गाउँसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले योजना बनाउनु भन्दा कार्यान्वयन पक्ष बलियो नभए जनताले विकासको प्रत्याभूति गर्न नपाउने बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला सभापती समेत रहेका रानाले गाउँपालिकाको नीति कार्यक्रमले हरेक परिवार, हरेक नागरिकको अनुहारमा उज्यालो ल्याएको बताउँदै अझ सशक्त भएर जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो ।

गाँउसभामा पूजीगततर्फ २४ करोड १८ लाख ५४ हजार ४३.३ प्रतिशत र चालुतर्फ ३१ करोड ६७ लाख ३४ हजार ५६.७ विनियोजन गर्न पेश गर्नुभएको छ ।

आय तर्फ सरकारी वितिय हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट समानिकरण अनुदान १० करोड ७९ लाख,सशक्त अनुदान तर्फ २५ करोड १० लाख,समपुरक अनुदान तर्फ २ करोड ८ लाख,बिशेष अनुदान तर्फ १ करोड १६ लाख बजेट विनियोजन गरेको हो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार,ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार, समपुरक अनुदान तर्फ १ करोड ५० लाख विनियोजन गरेको छ ।

सघीय राजस्व बाडफाडबाट ८ करोड २० हजार २३ हजार, प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन गरेको छ ।

गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार, स्तरउन्नती तथा कालोपत्रे गर्ने, पुलहरुको निमार्ण गर्ने, गाउपालिकाको प्रशासकिय भवनको निमार्ण गर्ने, कृषि तथा पशुपालनलाई आधुनिकिकरण गर्ने नीति लिइएको छ ।

यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने, कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने,पालिकाको प्रशासकृय भवनको निमार्ण गर्ने, अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ ।

गाँउसभामा पत्रकार महासंघ उपाध्यक्ष भरत शर्मा, सातपोखरी मा।विका प्र अ दुर्गा प्रसाद काफ्ले, माउन्ट भ्याली स्कुलका प्रेमराज खराल, नेकपा का पार्टी प्रतिनिधि राजेश पन्थी, नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि बालकृष्ण जि.सी., रा प्र पा राजेन्द्र जि.सी, नेशनल मंगोल अर्गनाइजेसनका पूर्ण रुचाललगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनुभयाे ।

सभा कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको सञ्चालन तथा वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता मधु पराजुलीको स्वागत मन्तव्यमा तथा सभाअध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

LIVE TV