११ असार २०७८, शुक्रबार

एजेन्सी । उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेलाई जित दिलाउनको लागि एक गोल एन्डिस काभानीले गरे भने अर्को गोल उपहार पाएको थियो ।

४० औँ मिनेटमा आत्मघाती गोलबाट उरुग्वेले अग्रता लिएका थियो । बोलिभियाका जाइरो क्विनटेरोस र कार्लोस लाम्पेबीच समझदारी हुन नसक्दा लाम्पेले आत्मघाती गोल गर्न पुगेका थिए ।

७९ औं मिनेटमा काभानीले गोल गर्दै जित पक्का गरेका थिए । उनले फाकुन्डो टोरेसको क्रसमा गोल गरेका थिए । जारी कोपा अमेरिकामा यो उरुग्वेको पहिलो जित हो ।

यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको छ । उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बोलिभिया भने लगातार तेस्रो हारसँगै अंक तालिकाको पुछारमा नै रहेको छ । समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV