१० असार २०७८, बिहीबार

हुम्ला । कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली जिल्ला हुम्लामा बैशाख २१ गते जारी गरिएको निषेधाज्ञा छैठौं पटक ७ दिनका लागि थपिएको छ ।

कोरोनाको संभावित जोखिम कम गर्न बैशाख २१ गतेबाट एक हप्ताका लागि जारी गरिएको निषेधज्ञा जारी भएको जिल्लामा पटक पटक थप हुँदै हालसम्म आइपुगेको थियो ।

पछिल्लो बस्तुस्थिती बुझेर आज (बिहबार) बसेको जिल्ला कोभिड १९ ब्यबस्थापन समितिको बैठकले ७ दिनका लागि निशेधज्ञा ७५ प्रतिशत खुकुलो पारेर थप गरिएको बताइएको छ ।

अब असार १० गते राति १२ बजेबाट असार १७ गते राति १२ बजेसम्म यो निषेधाज्ञा लागु हुने जिल्ला कोभिड १९ ब्यबस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो ।

नयाँ भेरियन्ट सहितको कोभिड –१९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निणर्य, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको सिफारिस समेतका आधारमा यस भन्दा अगाडि जारी गरिएको निषेधाज्ञा भन्दा ७५ प्रतिशत खुकुलो हुने गरि मिति २०७८ साल असार १७ गते राती १२ बजेसम्मका लागि जिल्लामा एक हप्ता निशेधाज्ञा लम्ब्याईएको उहाँले बताउनु भयो ।

आज जारि गरिएको आदेशमा निशेधज्ञा ७५ प्रतिशत खुकुलो पारेको र जिल्लामा निशेधआज्ञा जारि भएको अबधि हवाई जहाजबाट अन्य मानिसको आउजाउमा सहज हुने र निशेधआज्ञा अबधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ औषधी पसल जस्ता अत्यावश्यक सेवाहरुका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध, ग्याँ आदि) का पसल बिहान ७ः०० बजेदेखि दिउसो १२ः०० बजेसम्म मात्र संचालन गर्ने अवधि २ घण्टा बढाएर अब दैनिक उपभोग्य वस्तुका साथै सबै प्रकारका पसलहरु दिउसो १ः०० बजे सम्म खुला गर्न पाइने छ ।

साथै विरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालन गर्न पाइनेछ । यस अघि बन्द रहेका होटेलहरु राती ९ः०० बजे सम्म खोल्न पाईने छ ।

यस अघि ५० प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन गरेका जिल्लामा स्थापित सरकारी तथा सार्वजनिक कार्यालयहरु १०० प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन गिरने र बैंक तथा बितिय संस्था दिन भरि खुला गर्ने जारी निषेधाज्ञामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV