१० असार २०७८, बिहीबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले राजनीतिबाटै देश सञ्चालन हुने बताउनुभएको छ । फिदिम नगरपालिकाको नवौं नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले देश सञ्चालन गर्ने दायित्व नै राजनीतिको भएको बताउनु भएको हो ।

उहाँले जस्तो सुकै परिस्थितिमा पनि मुलुक हाक्ने भनेको राजनीति नै भएको उल्लेख गर्दै मुलुक सञ्चालन गर्न राजनीतिको विकल्प नरहेको बताउनु भयो ।
उहाँले नगरपालिकाले ल्याएको बजेट समय सापेक्ष रहेको बताउनुभयो । पूर्वाधारको क्षेत्रमा फिदिम नगरपालिकाले खासै बजेट विनियोजन गर्नु नपरेको समेत बताउनु भयो ।

नगरपालिका क्षेत्रको ठूलाठूला भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा संघिय सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको छ ।

उहाँले जनताप्रति सबै जनप्रतिनिधिहरु जवाफदेही हुनु पर्ने समेत बताउनुभयो । चुनावका समयमा जनता समक्ष गरिएका बाँचाहरु चार वर्षमा नगरपालिकाले उल्लेख्य रुपमा पुरा गरेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पाँचथर जिल्लालाई मेडिकल हवको रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारको नीति तथा कार्याक्रम पाँचथर अस्पताललाई १ सय बेडको बनाउने उल्लेख भइसकेकाले चौविसै घण्टा सेवा दिन सकिने गरी सबै लाग्न आग्रह गर्नुभयो ।

LIVE TV