१० असार २०७८, बिहीबार

काठमाडौं । जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । विहीबार उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।

संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान भन्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, लगायका व्यानरसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनका सहभागीहरुले सेतो कपडामा हस्ताक्षर गर्दै अभियान प्रति एक्यवद्धता जनाएका थिए । साथै, उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला समेत दहन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV