१० असार २०७८, बिहीबार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको आठौं गाउँसभामा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

नीति तथा कार्यक्रममा खस भाषाको पठनपाठन, खस संग्रहालयको निर्माण र गाउँपालिका भित्रको सडक बत्तीलाई विशेष प्राथमिकता दिईएको छ ।

नेपाली भाषाको उद्गम स्थल सिंजा उपत्यका भएकाले गाउँपालिका भित्रका सबै बिद्यालयमा पहिलो बर्ष कक्षा १देखि ३ सम्म स्थानीय पाठ्यक्रममा आगामी शैक्षिक सत्रदेखि खस भाषामा पठनपाठन सुरु गर्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष रावलले बताउनुभयो ।

सिजाको वडानं २ मा सिंजा सभ्यता झल्किने संग्रहालय बनाउन सुरु गरिएकाले आगामी आर्थिक बर्षमा पूरा गरिने नीति तथा कार्यक्रममा राखिएको छ।

आगामी बर्षमा सिंजा गाउँपालिकाका सबै घरमा बिधुत पुर्याउनुका साथै गाउँपालिका भित्रका तिनवटा स्थानीय सडकहरु नराकोट, केदारनाथ, धिताललिहि, भाडगाउँ र नराकोट- झिम्रीकुना सडकमा सौर्य उर्जाबाट सडक बत्तीको ब्याबस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकोछ ।

यसका साथै नीति तथा कार्यक्रममा रैथाने अर्गानिक बालिहरुको उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरिने, स्याउ सिमिको शीत भण्डार निर्माण गरिने र स्वास्थ्य र शिक्षाका झेत्रमा पनि आवश्यक बजेट बिनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV