१० असार २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायतका विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विहीबार (आज) संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गर्नुभएको हो ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २४२ को उपधारा (२) अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्नुभएको छ । त्यस्तै, सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीलाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रपति भण्डारीले संविधानको धारा २३८ को उपधारा (२) अनुसार अख्तियार दुरुपयोग अनुसन्धान अयोगको आयुक्तहरुमा हरि पौडेल र सुमित्रा श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV