१० असार २०७८, बिहीबार

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री लगाएतका पसललाई निश्चित समय र बारका आधारमा सञ्चालन गर्न दिने गरि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

त्यस्तै निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएको छ । जसका कारण सडकमा सवारी चाप बढी छ । यस्तै बिहीबार मध्यान्न सम्म जोर–बिजोर तथा निषेधाज्ञा उल्लङ्घन गर्ने ६२१ ओटा सवारी साधनलाइ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ४१८ दुई पाङ्ग्रे, १६४ ओटा चार पाङ्ग्रे, २४ ओटा ट्याक्सी र १६ ओटा अन्य सवारी साधन रहेका छन् । यसअघि लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV