१० असार २०७८, बिहीबार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्ध संघर्ष गर्नु पर्ने बताउनु भएको छ । बिहीबार दिउसो विपक्षी गठबनका नेताहरुले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संसद विघटनको बिरुद्धमा संघर्ष गर्नै पर्ने बताउनु भयो ।

सभापति देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्र नै खतरामा परेकोले यसकोबिरुद्ध संघर्ष गर्नुको विकल्प नरहेको औल्याउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय अहंकार र स्वेच्छाचारी प्रवृति रहेका कारण नेपाली जनताले अहिलेको अवस्था भोग्नु परिरहेको दावी गर्नु भयो ।

‘प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी प्रवृति रहेका कारण नेपाली जनताले अहिलेको अवस्था भोग्नु परिरहेको छ । सविधान नै संकटमा परेको छ,’ उहाँले भन्नुभयो, ‘अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको छ।’

त्यस्तैगरी प्रधानमन्त्री ओली जनतालाई कोरोना महामारीबाट सुरक्षित राख्न जिम्मेवार नबनेको पनि सभापति देउवाले आरोप लगाउनु भयो । उहाँले सरकारले पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोपको व्यवस्था गर्न नसकेको बताउदै प्राकृतिक विपत्तिबाट प्रभावितहरुका लागि  पनि कुनै प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउनु भयो ।

साथै सभापति देउवाल राष्ट्रपति विद्यादेवी भण्डारीले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्दा पनि अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको टिप्पणी गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV