१० असार २०७८, बिहीबार

काठमाडौँ । सन्तोषी सुब्बा हत्या अभियोगमा प्रहरीले पक्राउ परेका एक युवकलाई  सार्वजनिक गरेकाे छ । सिन्धुपाल्चोकका २९ वर्षीय सुरेश तिमल्सिनाले उनकाे हत्या गरेकाे खुलेकाे हाे ।

महानगरीय अपराध महाशाखाको टोलीले  तिमल्सिनालाई काठमाडाैँकाे कमलाक्षी इनबहालबाट पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । तिमल्सिनाले सन्ताेषीलाइ खान र बस्नकाे लाेभ देखाएर दक्षिणकाली लगेर बलात्कार प्रयास गरेका थिए । तर सन्तोषीले प्रतिकार गरेपछि  उनकाे घाँटी थिचेर हत्या गरेको खुलेकाे हाे ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी- १४ घर भएर हाल दक्षिणकाली बस्दै आएको २९ वर्षीय तिमल्सिना पेशाले सह-चालक रहेको प्रहरीको भनाइ छ । उनले आफू काम गर्ने बसमा खाने र बस्ने व्यवस्था मिलाइदिने भन्दै सन्तोषीलाइर् लगेको बुझिएको छ । जबरजस्ती गर्दा सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको र अनुहार चिन्न नसकियोस् भन्ने मनसायले ढुंगा प्रहार गरी क्षतविक्षत पारिएको प्रहरीले बताएको छ ।

विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषीको हत्यापछि प्रहरीले अनुसन्धान थालेको थियो । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकाे अवस्थामा सन्ताेषीको शव मंगलबार भेटिएकाे थियाे । घर काभ्रे भएको र पछिल्लाे समय काठमाडाैँकै कालोपुलमा एक धर्मबुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV