१० असार २०७८, बिहीबार

एजेन्सी । जर्मनी युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा हंगेरीसँग २-२ को बराबरीमा रोकिए पनि समूह उपविजेता बन्दै जर्मनी अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको ११ औं मिनेटमा कप्तान एडम स्जालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । उनले रोनाल्ड सल्लाईको पासमा गोल गरेका थिए ।

६६ औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । उसको लागि काइ हाभर्ट्जले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए । तर त्यसको दुई मिनेट नबित्दै हंगेरीले पुन: खेलमा अग्रता लियो । आन्द्रेस सेफरले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।

८४ औं मिनेटमा जर्मनीका लागि लिओन गोरेट्जकाले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा रोकियो ।

समूह ‘एफ’ बाट तीन देश अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । जर्मनी र पोर्तुगले पनि दोस्रो र तेस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

जर्मनी र पोर्तुगको समान समान ४/४ अंक भएपनि हेड टु हेडमा जर्मनी अघि रह्यो । पोर्चुगल उत्कृष्ट ४ तेस्रो स्थाको टोलीमा पर्दै अघि बढेको हाे । ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV