९ असार २०७८, बुधबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । नेपाली जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष, गैरआवसीय नेपाली संघका नेदरल्याण्डका संस्थापक सदस्य तथा सामाजिक अभियन्ता पदम क्षेत्री (रामचन्द्र)ले एनआरएनए नेदरल्ययाण्डको अध्यक्षमा उमेदवार घोषणा गरेका छन् ।

पर्वत जिल्ला घर भई दुई दशक नेदरल्याण्डमा बसोबास गर्दै आएका क्षेत्री गत २०१९–२०२१ को कार्यकालमा पनि सर्वसम्मत अध्यक्षको उमेदवार थिए । तर, निर्वाचनको प्रक्रियाकै क्रममा दूर्भाग्यबस हृदयघातका कारण उनी बाहिरिएका थिए ।

दुई वर्षको अन्तरालमा आफ्नो रोगसँग लड्दै ‘रोल मोडेल’कै रुपमा सुधार हुँदै गइरहेको अवस्थामा आफ्नो ह्वीलचेअरबाट नेपाली समाजको सेवा गर्ने दृढ इच्छा तथा संकल्पका साथ नेपाली समाज अग्रजहरु, संघसंस्थाहरु र जनमानसहरुको राय सल्लाह, सुझाव र समर्थन जुटाएर उमेदवार घोषणा गरेको उनले बताए ।

घोषणा–पत्र

‘गैरआवासीय नेपाली संघ नेदरल्याण्डको स्थापना काल देखिनै आबद्ध भएर विभिन्न काल खण्डमा विभिन्न भूमिकामा रहेर सेवा गर्ने अवसर मिल्यो । यस अभियानमा जोडिएर सबैसँग हतेमालो गर्दै गैरआवासीय नेपालीहरुको हक र हितमा काम गर्न पाउँदा अतिनै गौरवको महसुस गरिरहेको छु ।

जब मलाई पक्षघातको बिमारले हान्यो तत् पश्च्यात मेरो लाइफमा अचानक गम्भीर परिवर्तन आयो । बाच्ने आस नै नभएको अवस्थाबाट पनि नयाँ जीवन पाउन सफल भए । तपाईंहरुको माया र आशिर्वादले म अहिले यहाँसम्म आउन सफल भएको छु ।

मेरो अमूल्य समय पनि समाज सेवामा नै समर्पण गर्ने अठोट लिएको छु । मेरो उमेदवारीको सम्बन्धमा मैले मेरो घरपरिवार, साथीभाई तथा अग्रजहरु सबैसँग सल्लाह र सुझाव र पूर्ण समर्थन लिएर मात्र अगाडि बढेको हुँ । त्यसैले म बिस्वास्त पनि छु कि यस अभियानमा मलाई यहाँहरु सबैको पूर्ण सहयोग र समर्थन रहने छ ।

गैरआवासीय नेपाली संघ एक साझा संस्था भएकोले यस संस्थामा समाजका सबै तह र तप्काको प्रतिनिधित्व हुनु पर्दछ भन्ने मेरो धारणा छ । सामाजिक संस्थामा राजनीतिक हावी बढी भयो भने संघ ध्रुवीकरणमा पर्दछ । यसमा गुनासो पनि धेरैको आइरहेको अवस्था हामीले पटक–पटक सुन्नु परिरहेको छ ।

संघलाई राजनीतिक वा जातीय पूर्वाग्रहबाट बचाउन पनि पूर्वाग्रहरहित सामाजिक नेतृत्व चयन गर्नु पर्दछ भन्ने कुरामा मेरो अडान रहने छ । एनआरएनए नेदरल्याण्डले कसैलाई काखा र कसैलाई पाखा नगरी सबैको समान अस्तित्व कदर गरि आपसी सद्भाव, हार्दिकता र सबैको अपनत्व रहने गरि संघको ब्याबस्थापन गर्नु पर्दछ ।

एक सभ्य र सम्मानित समाज जगेर्ना र निर्माणमा सबै जुट्नु र हातेमालो गर्नुहुने छ भन्ने सन्दर्भमा पनि म पूर्ण बिश्वास्त छु । संघका अन्तर्राष्ट्रिय एजेन्डाहरुमा पनि एनसीसी नेदरल्याण्डले नजिकबाट साथ दिंदै बिभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै लक्ष प्राप्तिको लागि अगाडि बढ्न सक्ने कार्यसमितिको निर्माण होस भन्ने मेरो अर्को भनाइ छ ।

संघले लगभग दुई दशक पार गरिसक्दा संघका नँया चुनौतीहरु पनि थपिदै गरेका छन् । समाजको भावना र आवश्यकतालाई मनन गर्दै नेपाली समाज नेदरल्याण्डको सामाजिक, आर्थिक र मानवीय कार्यमा एनआरएनएले प्रमुख भूमिका निर्वाह मेरो कार्यकालमा गर्ने छ भन्ने कुरामा पनि प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV