९ असार २०७८, बुधबार
  • विनय तिम्सीना,

इलाम । इलाममा आज थप २४ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २४ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ९४ पुगेको छ ।

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १ जना महिला सूर्योदय नगरपालिकामा १ महिला ४ पुरुष, माङसेवुङ गाउँपालिकमा ७ महिला ३ पुरुष माई नगरपालिकामा २ महिला १ पुरुष, रोङ गाउँपालिकमा २ महिला १ पुरुष, र देउमाई नगरपालिकमा २ महिला रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण हालसम्म ४० जनाको मृत्यु भइसकेको छ । त्यस्तै, इलाममा हालसम्म १ हजार २ सय ४६ जना संक्रमितले स्वास्थ्य लाभ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV