९ असार २०७८, बुधबार

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार आठौं नगर सभामार्फत नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगर प्रमुख उद्धव प्रसाद खरेले बताएका हुन् ।

उनले चार वर्षको अवधिमा विभिन्न समस्याहरुसँग जुध्नुपरेको बताए । उनले वार्षिक लक्ष्यको ५० प्रतिशत मात्रै कार्य सम्पादन गर्न सक्षम रहेको बताए ।

मेयर खरेलले कोरोना भाइसरका कारण यस्तो भएको बताए । उनले कोभिडकै वेला गत आर्थिक वर्ष दुई अर्व भन्दा बढीको बजेट सार्वजनिक भएपनि कोभिडकै कारण काम गर्न नसकिएको जानकारी दिए ।

मेयर खरेलले कोरोना भाइरस नियन्त्रण गर्न सबै काम छोडेर लाग्नुपरेको स्मरण गरे । उनले महामारीकैबीच नीति तथा कार्यक्रम पारित गरिए पनि निषेधाज्ञाले कार्यक्रम प्रभावित भएको बताए ।

उनले कोरोनाकै कारण अहिले पनि विभिन्न कार्यहरु थाति राखेको जानकारी दिए । उनले ठूल्ठूला योजनाहरु चालु रहेको बताए । कार्यक्रममा हाम्रो बुढानीलकण्ठ नामक बुलेटिन समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV