९ असार २०७८, बुधबार

काठमाडौं । निवर्तमान स्‍वास्‍थ्‍य तथा जनसंख्‍यामन्‍त्री शेरबहादुर तामाङले कोरोना खोप आउने सुनिश्चित रहेको बताउनुभएको छ । आज आफ्ना १९ दिने कार्यकालको उपलब्‍धि सार्वजनिक गर्दै उहाँले कोरोना नियन्त्रणमा आफु इमान्दार भएर प्रयत्न गरेको बताउनुभएको छ ।

तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत १९ दिनमा चारवटा उपलब्‍धि हासिल गरेको दाबी गरेका गर्नुभएको छ । गत २७ जेठमा नियुक्त भएका २० जना मन्त्रीलाई कामकारबाही गर्न नदिन सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिएपछि उनी पनि पदमुक्‍त हुनुभएको हो ।

उहाँले नेपालमा कोरोनाविरुद्धको खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भइसकेको दाबी पनि गरेका छन्। केही दिनमै खोप आउने सुनिस्चित भइसके पनि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो भए र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भए त्यसको नैतिक जिम्मेवारी आफूले लिने तामाङको भनाइ छ।

राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको पनि बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV