९ असार २०७८, बुधबार

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो सर्त भएको बताएका छन् । बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति  पुनले पूर्वाधारको विकास बिना खेल क्षेत्रको विकास नहुने बताएका हुन् ।

उनले कमजोर पूर्वाधारले खेलकुदको विकास हुन नसक्ने तर्क गरे । खेलाडीलाई जीवन निर्वाह गर्न पुग्ने गरी व्यवस्थापन गर्न नसके खेल क्षेत्रको विकास सम्भव नरहेको बताउदै उपराष्ट्रपति पुनले सम्बन्धित निकायले यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले भौतिक वूर्वाधार सहित नियमित अभ्यास गर्न मिल्ने भौतिक संरचना भए अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडीले देशको नाम चम्काउन सक्ने बताए । साथै कोरोना महामारीको समयमा समेत खेल क्षेत्रले अतुलनीय प्रगति गरेको भन्दै प्रशंशा समेत गरे ।

उनले खेल क्षेत्र पनि कोरोना महामारीबाट अछुतो नरहेकाले यसबाट बच्न र बचाउन कोरोना विरुद्धका नियमहरु पालना गर्नु आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा नेपाल ओलम्पितक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वमा तीन पिलरको काम गरिरहेको बताए ।

मुभ, लर्न र डिस्कभरी गरी तीन आधारमा ओलम्पिक गतिविधि भइरहेको जानकारी दिँदै श्रेष्ठले खेल अनुशासनका लागि आग्रह गर्दै यस क्षेत्रलाई मर्यादित बनाउनु आजको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV