९ असार २०७८, बुधबार

काठमाडौं । जातका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानको रिहा भएकी छन् ।

आफूलाई जातको आधारमा कोठा नदिएको भन्दै रुपा सुनारले दिएकी जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई बुधबार जिल्ला अदालत, काठमाडौंकोआदेशपछि उनी रिहा भएकी हुन् ।

उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए ।

सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि प्रधान आइतबार पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV