८ असार २०७८, मंगलवार

मनाङ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका–४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ ।

चामे बजार नजिकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ ।

चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV