८ असार २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका नेत एवं पूर्वमन्त्री महेश बस्नेतले सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश प्रति प्रश्न गरेका छन् ।

उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिसँग ठ्याक्कै मिल्नेगरि आदेश आएको भन्दै प्रश्न गरेका हुन् । साथै प्रचण्डले दिएको अभिव्यक्तिसँग मेल खाएकाले आश्चार्य पनि उनले व्यक्त गरेका छन् ।

‘हिजो माओबादी अध्यक्ष प्रचण्डले धादिङमा आफुले प्रप्त गरेको बिशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै अन्तरिम आदेश दिएको सुनियो,’ उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन्। कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो।’

उनले न्यायलयबाट ठिक काम नभइरहेको पनि आरोप लगाएका छन् । उनले राजनीति बिग्रदा अराजकता फैलने र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने भएकाले सबै गम्भीर हुनु पर्ने आवश्यक रहेको औल्या एका छन् ।

त्यसैगरी नेता बस्नेतले सर्वोच्चको यो आदेशले प्रधानमन्त्रीले गरेको संसद बिघटन गरेर निर्वाचनको घोषणालाई भने स्विकार देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV