८ असार २०७८, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले सबै नागरिकलाई छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समिति संयोजक तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्य मन्त्री शेर बहादुर तामाङसंग छलफल गर्दै कोरोनाको तेश्रो चरणको महामारीको जोखिम बढेकाले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनले खोप खरिदका पारदर्शिताका लागी जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिएको बताए । कोरोना संक्रमण रोकथाम र उपचारमा लागि सरकारले गरेको लगानी पनि अपारदर्शी भएकाले श्वेतपत्र जारी गर्नुपर्ने उनको माग छ ।

छलफलका क्रममा प्राविधिक स्वास्थ्य सचिव खाली राख्नुको कारण माग गरिएको र मन्त्रीबाट चितबुझ्दो जवाफ नभएको उनले जानकारी दिए । महतले सरकारलाई प्राप्त भएको स्वास्थ्य सामग्रीको पनि दुरुपयोग भएको बताए ।

छलफलका क्रममा मन्त्री तामाङले खोप आउने आश्वासन दिएपनि कहिले आउने ? भन्ने बारेमा ठोस जवाफ दिन नसकेको महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV