८ असार २०७८, मंगलवार

रुपन्देही । सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा मंगलबारबाट असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधनको सञ्चालनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपनि सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने रोक लगाइएको छ । जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारी साधानको चाप बढेको छ ।

रुपन्देहीमा विवाहको लागि दुई वटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने भएपनि भेला, भीडभाड, महोत्सव, सभा, जुलुसलगायत मानिसको भीडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै होटल, पार्टी प्यालेस तथा रेस्टुरेन्ट खोल्न, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी संचालन गर्न पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले आन्तरिक नित्य पूजा बाहेकका सबै धार्मिक सांस्कृतिक गतिविधि सञ्चालनमा पनि रोक लगाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV