८ असार २०७८, मंगलवार

काठमाडौं । असार १ गते आएको बाढीका कारण प्रभावित भएका सिन्धुपाल्चोकका हेलम्बू र मेलम्चीबासीलाई नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले नगद तथा राहत सहयोग गरेको छ ।

मंगलबार भक्तपुरमा कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन समितिमार्फत कांग्रेस भक्तपुरले नगद तथा राहत सामग्री हस्तान्तरण गरेको हो ।

भक्तपुर जिल्ला समितिमा सभापति दुर्लभ थापाले विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतलाई रु ३ लाख ५१ हजार नगद तथा खाद्या सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संयोजक बस्नेतले बिपद्का कारण समस्यामा परेका नागरिकलाई कांग्रेसको अग्रसरतामा राहत दिने कार्य निकै सकारात्मक रहेको बताए । उनले बाढी पीडितको समस्या समाधानका लागि कांग्रेस क्रियाशील रहेको बताए ।

बाढीबाट क्षती भएका क्षेत्रबाट बालुवा निकाल्न र स्थानीयहरुको घरबाट सामान निकाल्न प्रशासनले नसके कांग्रेसका कार्यकताहरु खटिने उनको भनाइ छ । त्यस्तै कांग्रेस भक्तपुरका सभापति थापाले बिपतमा परेका नागरिकलाई सहयोग गर्नु कर्तव्य ठानेर सहयोगको हात अघि बढाएको जनाए ।

कार्यक्रममा कांग्रेस नेता बस्नेतले भक्तपुरका नयाँ क्रियाशील सदस्यहरुलाई परिचयपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV