८ असार २०७८, मंगलवार

काठमाडौं । कोपा अमेरिकामा चिली र उरुग्वे बराबरी खेलेका छन् । गएराति भएको समूह ‘ए’ को खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलका हुन् ।

चिलीले आत्मघाती गोल गर्दा उरुग्वे बराबरीमा रोकिन बाध्य भयो । खेलको २६औँ मिनेटमा इडिउरो भार्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

६६ मिनेटमा चिलीले आत्मघाती गोल गर्दा उरुग्वेलाई फाइदा पुग्यो । चिलीका भिदालले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

बराबरी खेलेको चिलीले अपराजित छ। चिलीले ३ खेलबाट ५ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको उरुग्वेले समूहमा १ अंक जोड्न सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV