
काठमाडौं । नेदरल्यान्ड्सले युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।
गएराति भएको समूह ‘सी’ को अन्तिम खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्यो ।
नेदरल्यान्डलाई सानदार जित दिलाउनको लागि जर्जिनियो विज्नल्डमले दुई गोल गरे भने मेम्फिस डिपाएले एक गोल थपे । नेदरल्यान्डलले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको २४ औँ मिनेटमा डिपाए गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाएका थिए । उनले डोनेल मालेनको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा जर्जिनियो विज्नल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले सहज जित निकाल्न सफल भयो । उनले खेलको ५१ र ५८ मिनेटमा गोल गरेका थिए ।
उनले पहिलो गोल डिपाएको पासमा ६ यार्ड भित्रबाट सहज गोल गरेका थिए भने दोस्रो गोल मालेन हुँदै डिपाएलाई आएको पासलाई वाइनाल्डमले जाली चुमाए ।
जितसँगै नेदरल्यान्ड्सले समूहमा ९ अंक जोड्यो । दोस्रो बनेको अस्ट्रियाले ६ अंक जोड्यो । नर्थ म्यासेडोनिया अंकविहीन हुदै समूह चरणबाट बाहिरियो ।