७ असार २०७८, सोमबार

काठमाडौं । गणेशमान कृष्णप्यारि स्मृति प्रतिस्ठान मिलिजुली टिकटक परिवार र सचेत युबा जागरण खैरेनि चितवनको संयुक्त आयोजनामा सिन्धुपाल्चोकका बाढीपीडितहरुलाई खाद्यान्न तथा अति-आबश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलसहित सचेत युवा जागरण खैरेनीका जागरुक युवा र मिलिजुली टिकटक परिवारका सकृय सदस्य शनिवार सहयोग सामाग्री लिएर मेलम्ची पुगेको सचेत युवा जागरण खैरेनिका अग्रज सदस्य ओम थपलियाले जानकारी दिनु भएकोछ । असार १ गते बेलुकादेखी इन्द्रावती नदिमा आएको बाडिले सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बगरमा परिणाम गर्नुको साथै सयौं परिवारलाइ बिस्थापित बनाएको थियो ।

सोही बाडिका कारण सर्वस्व गुमाएका परिवारालाइ केही हद सम्म भएपनी राहत पुग्ने उद्देश्यले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, टिकटक मिलिजुली परिवार र सचेत युवा जागरण खैरेनीका युवाहरुको सयुक्त पहलमा उक्त राहत सामाग्री बितरण गरेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानका तथा मिलिजुली टिकटक परिवारका संरक्षक रारा सैजुले बताउनु भयो ।

पीडित २०० परिवारलाई पुग्ने गरि रु ६ लाख ५० हजार बराबरको चामल,दाल, तेल, चीन, चिउरा, भुजा, दालमोठ, चाउचाउ, बिस्कुट, कुकिज, सोयाबिन, म्याट्रेस, र औसधि ० लगायत अतिआबश्यक सामाग्री बितरण गरिएको तथा ११ घरपरिवारको लागि ग्यास, ग्यास चुलो सहित आबश्यक सम्पुर्ण सामाग्री बितरण गरिएको मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलले जानकारी दिनु भयो ।

परिस्थिति अनुसारको अतिआबश्यक राहत सामाग्री लिएर सिन्धुपाल्चोक पुगेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, मिलिजुलि टिकटक परिवार र सचेत युवा जागरण खैरेनिको टिमलाइ अहिले सम्मकै उत्कृष्ट राहत बाढिपिडितले पाएको भन्दै मेलम्चीका स्थानीय समाजसेवी सुलोचना श्रेष्ठ (कपाली) ले बिशेष धन्यवाद दिनुभएको थियो ।

गत भाद्र महिना सामाजिक संजाल टिकटकबाट जोडिएको मिलिजुली टिकटक परिवारले९तस्बिर निपुणराज० देशभरीमा हाल सम्म २८ वटा सामाजिक क्षेत्रमा उदाहरणीय कार्य सफलतापुर्वक सम्पन्न गरिसकेको अध्यक्ष राजन कडेलले बताउनु भएकोछ । परिवारले बालआश्रम, बृद्धआश्रम, अशहाय, बिपन्न परिवार, आर्थिक अभावमा बिधालय जान बाट बन्चित बालबालिका र गरिब( दिनदुखीहरुलाइ सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV