७ असार २०७८, सोमबार

काठमाडौं । गृहमन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरूवा गरेको छ।

सोमबार मन्त्रालयले सात वटै प्रदेशका गरी १६ डिआइजीहरूको सरूवा गरेको हो।

सरूवा सूचीको पहिलो नम्बरमा अरुण कुरमा बिसी रहेका छन् । उनी टंगालबाट विराटनगर सरुवा भएका छन् । दोस्रोमा उमेश रन्जितकार काठमाडौंबाट धनुषा सरुवा भएका छन् । तेस्रोमा प्रकाशजंग कार्की काठमाडौंबाट हेटौँडा सरुवा भएका छन् ।

यसैगरी दिवेश लोहनी काठमाडौंबाट कास्की, मुकुन्दराज आचार्य काठमाडौँबाट दाङ, गणेशबहादुर ऐर नक्साल, काठमाडौंबाट सुर्खेत, पुरुषोत्तम कँडेल काठमाडौंबाट डोटी, बसन्तकुमार पन्त सर्खेतबाट काठमाडौं, घनश्याम अर्याल पोखराबाट काठमाडौं, उत्तमराज सुवेदी डोटीबाट काठमाडौंमा सरुवा भएका छन् ।

त्यस्तै, रविन्द्रबहादुर धानुक दाङबाट काठमाडौं, बसन्तकुमार लामा हेटौंबाट काठमाडौं, प्रकाश अधिकारी प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट मानवस्रोत एवं प्रशासन विभागमा, धिरजप्रताप सिंह धनुषाबाट काठमाडौं, इश्वरबाबु कार्की मोरङबाट नक्सालमा र सहकुलबहादुर थापा महाराजगन्जबाट नक्सालमा सरुवा भएका छन् ।

सरुवा सूची हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
LIVE TV