७ असार २०७८, सोमबार

काठमाडौं । सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका ज्वाला (टीका) संग्रौलासहित तीन जनालाई तीन दिन थुनामा राख्न अनुमति दिइएको छ ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई सोमबार जिल्ला प्रशासन काठमाडौंले तीन थुनामा राख्न अनुमति दिएको हो।

महानगरीय प्रहरी परिसर टेकु, प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

प्रशासनले थुनामा राख्न अनुमति दिएसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको एसएसपी अशोक सिंहले बताएका छन् ।

उनका अनुसार घटनाबारे विस्तृत अध्ययन तथा अनुसन्धान गरिनेछ ।

आफमागि अभद्र व्यवहारसँगै कुटपिट गरिएको भन्दै युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले उनीहरुमाथि जाहेरी दिएकी थिइन् । त्यसैको आधारमा प्रहरीले तीनजनालाई आइतबार हिरासतमा लगेको थियो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV