
काठमाडौं । डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी पाउनु भएको छ । उहाँ यसअघि अमेरिकाका लागि नेपालको आवासीय राजदूतका लागि मात्रै नियुक्त हुनु भएको थियो ।
उहाँलाई अमेरिका सँगै कोस्टारिकाकोे लागि पनि दोहोरो जिम्मेवारी दिइएको हो । उहाँलाइै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सोमबार कोस्टारिकाका लागि पनि गैरआवासीय राजदूतमा पनि नियुुक्त गर्नु भएको हो ।
गत पुष ७ गते खतिवडा नेपालको संविधानको धारा २८२ बमोजिम सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनु भएको थियो ।