७ असार २०७८, सोमबार

झापा । जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना, शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरि करिब २० जना नेपाल प्रहरी र स्थानीयबासीले पौने १२ बजेसम्म खोजतलास गरेपनि लास फेला पार्न सकेको थिएन ।

पुनः ७ गते बिहानै देखि सोरेनको खोजी गर्दा बिहानको १० बजे लास फेला पारी पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनु भयो। मृतक सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरी रानाको घरमा काम गरि उनकै घर नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेको प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV