
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो।
सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।