७ असार २०७८, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिकाे आकस्मिक बैठक बोलाएको छ । समसामयिक विषयमा छलफलका लागि भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उक्त बैठक बाेलाउनुभएकाे हाे ।

अहिले सोमबार बिहानदेखि केन्द्रीय समिति बैठक अनलाइन भिडियाे कन्फ्रेन्समार्फत चलिरहेकाे छ । जारी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । विगत केही दिनदेखि नै अध्यक्ष प्रचन्ड नयाँ राजनीतिक प्रतिवेदन लेख्ने तयारीमा व्यस्त रहेकाे बताइएकाे थियाे ।

जारी केन्द्रीय समिति बैठकमा पनि उहाँले पार्टी सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूसँग सुझाव लिइरहनुभएकाे बताइएकाे छ । सबैकाे सुझाव समेटेर उहाँले नयाँ प्रतिवेदन  तयार गर्नुहुनेछ ।

तत्कालीन नेकपा भंग भएपछि र माओवादीका केही केन्द्रीय नेताहरू नै नेकपा एमालेमा प्रवेश गरेपछि पार्टीमा संगठन हेरफेरकाे समेत जरूरत बढेकाे बताइएकाे छ । यसै अनुसार नयाँ केन्द्रीय सदस्यहरू पनि थप्दै जानेबारे छलफल चलकाे स्राेतले जनाएकाे छ ।

LIVE TV