६ असार २०७८, आईतवार

काठमाडौं । सरकाले वैदेशिक रोजगारीका लागि भौतिक रुपमा श्रम स्वीकृति दिन थालेपछि श्रम कार्यालय ताहाचलमा भीड लाग्न थालेको छ । यहाँ आज दैनिक जसो सयौँको संख्यामा मानिसहरुको भीड लाग्ने गर्दछ ।

सेवाग्राही सँगै बिचौलियाको बिगबिगीले श्रम कार्यलय भिड भएको त्यहाँ पुग्दा सहजै आनुमान गर्न सकिनछ । किनकी त्यहाँ जो कोही पुग्दा श्रम गर्ने हो ? भन्दै प्रश्न गर्नेहरुको ठूलै संख्या उल्लेख्य पाइने गरेको छ । सरकारले निषेधाज्ञा पूर्ण रुपमा खुला नगरिएको अवस्थामा कोरोनाको जोखिम भने उच्च देखिएको छ ।

अहिले श्रमका लागि कार्यालय आउनेहरु काठमाडौं उपत्यका बाहिरका पानि उल्लेख्य संख्यामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV