६ असार २०७८, आईतवार

काठमाडौं । एसियन महिला भलिबल च्याम्पियनसिपको लागि नेपाली टोलीले तयारी गरिरहेको छ । गत मंगलबारबाट नेपाली भलिवल राष्ट्रिय टोलीले त्रिपुरेश्वरस्थित कभर्ड हलमा प्रशिक्षण गरिरहेको हो ।

आउदो अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म संचालन हुने प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि १७ देशले सहभागीता जनाउने बताइएपनि ५ देशले नाम फिर्ता लिएका छन् ।

प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, जापान, थाइल्यान्ड, कोरिया, काजकिस्तान, ताइवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागिता जनाउनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV