६ असार २०७८, आईतवार

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद एवं विनाविभागीय मन्त्री दीपक मनाङेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार प्रचण्डलाई भेट्न मनाङे खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् ।

आफूले अध्यक्ष प्रचण्डसँग फेसबुकमा भेटेको तस्वीर सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको उनले बताएका छन् ।

स्रोतका अनुसार गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेले त्यसैका लागि भेटघाट गरेका छन् ।

मनाङेकै कारण गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्ण चन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुन सफल भएका थिए ।

नेपाली मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले मनाङेसहित चार जनालाई विनाविभागी मन्त्रीमा नियुक्त गरेका थिए । तर, अहिलेसम्म कुनै मन्त्रालय उनीहरुलाई दिइएको छैन ।

स्रोतका अनुसार ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निश्चित भइसकेको छ भने आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे पनि संघर्षमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV