६ असार २०७८, आईतवार

बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका एचआईभी संक्रमित परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । आईतबार मधुवन नगरपालिकामा आयोजना गरियको कार्यक्रममा मधुवन नगरपालिकामा बसोबास गर्ने १३ परिवारलाई दैनिक उपभोग्य सामग्री हस्तान्त्रण गरिएको हो ।

हस्तान्त्रण गरिएको सामग्री प्रति परिवार साईकल १ थान, सिलिण्डर ग्यास चुलो सहित १ थान, चना र गहुँको पिठो ५र५ केजि, बालबालिकाका लागि कपि र पेन्सिल १र १ दर्जन,झुल २ थान, हरलिक्स १ केजि लगायतको सामग्री रहेको छ ।

मधुवननगरपालिकाले दैनिक आवश्यक पर्ने सामाग्रि संक्रमितहरूलाई सहयोग गरेर आफुहरूलाई न्याय गरेको मधुवन नगरपालिकाका स्थानीय संक्रमितले बताए ।

बर्दिया जिल्लाको मधुवन नगरपालिकामा बसोबास गर्ने एच आई भि संक्रमित १३ घर परिवारलाई अति आवश्यक दैनियक उपयोगि समान बितरण गरियको मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV