६ असार २०७८, आईतवार
  • भगतराम थारु,

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकालगायत विभिन्न स्थानमा सीसी टीभी क्यामेरा जडान गरिएको छ । बाँकेमा अपराध न्यूनीकरण गर्न सीसी टीभी क्यामरा जडान गरिएको हो ।

जडान गरिएको सीसी टीभी क्यामेराले अपराधिक क्रियाकलापमा सघाउ पु¥याउँदै आएको छ । दैनिक चोरी, सडक दुर्घटनालगायत विभिन्न अपराधिक क्रियाकलापमा अपराध अनुसन्धान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्जको १६ स्थानमा ५६ वटा सीसी टीभी जडान गरिएको छ । त्यस्तै कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकालगायतका स्थानमा गरी १ सय ४४ वटा सीसी टीभी जडान गरिएको छ ।

सीसी टीभी जडान गरेपछि व्यपार व्यवसायमा हुने चोरी, लुटपाटमा समेत कमी आएको स्थानीय व्यवसायी नन्दलाल वैश्यले जानकारी गराए । ‘दैनिक चोरीका घटना सुनिन्थ्यो । सीसी टीभी क्यामरा जडान गरिएपछि चोरीका घटनामा कमी आएको छ’, वैश्यले भने ।

स्थानीय व्यसायीहरु मिलेर नेपालगन्ज उपमहानगरपालिका भित्र सीसी टीभी जडान गरेका उनले जानकारी गराए । व्यवसायीहरुको सुरक्षाका लागि जडान गरिएको सीसी टीभीको जिम्मा जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।

सीसी टीभी जडान समितिले पहिलो प्रयास आफैबाट गर्नुपर्ने मान्यता अनुसार समितिका २५ जना पदाधिकारीहरुबाट २ लाख ५२ हजार १ सय संकलन गरि सीसी टीभी क्यामरा कोष निर्माणमा गरिएको समितिका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।

विभिन्न संघ संस्था र व्यवसायीबाट सीसी टीभी जडानको लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको उनले बताए । उक्त सीसी टीभी राझा, भुजैगाउँ, कारकाँदौं, पुष्पलाल चोक, धम्बोझी, वीपी चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, कोहलपुर, महेन्द्र राजमार्गलगायतका स्थानमा जडान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुवास खड्काले अपराध न्यूनीकरणमा सीसी टीभीले सघाउ पु¥याएको बताए । चोरी, सडक दुर्घटनामा फरार रहेका अपराधीलाई सीसी टीभी फुटेजको आधारमा पक्राउ गर्न सफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV