६ असार २०७८, आईतवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो गरी जारी छ । निषेधाज्ञालाई केही खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ ।

त्यस्तै, उपत्यकामा सवारी साधानको संख्या पनि बढ्दै गएको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यकालगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयले खुल्ला गरेका क्षेत्रका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।

पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । त्यसपछि भने थप खुकलो र नयाँ प्रावधानसहित जनजीवन सहज हुनेगरी निषेधाज्ञा गर्ने तयारी सरकारको छ ।

काठमाडौं उपत्यकामा तयारी पोसाकजन्य व्यापार/व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ ।

यस्तै निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ६९६ वटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ५५० दुई पाङग्रे, ९६ वटा चारपाङ्ग्रे, २२ वटा ट्याक्सी र २८ वटा ठूला सवारी साधन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV