६ असार २०७८, आईतवार

मुगु । जिल्लाको पूर्वी भेगमा पर्ने मुगुकामारोङ्ग गाउँपालिकामा पछिल्लो समयमा व्यापक रुपमा काेराेना फैलिएपछि रोकथामको लागि कोभिड प्रभावित क्षेत्रमा एक संस्थाले एन्टिजेन किट सहयोग गरेको छ ।

छायाँ नेपाल नामक संस्थाको आर्थिक सहयोगमा २५० एन्टिजेन किट सहयोग गरिएको छाँया नेपाल मुगुका संयोजक मिन बहादुर रावलले जानकारी गराए । रावलका अनुसार केही दिन पहिला मुगमकामारोङ्ग गाँउपालिकामा रहेको आइसाेलेसनमा प्रयोग हुने र  अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको हाे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV