५ असार २०७८, शनिबार

काठमाडौं । २०१८ को विश्वकप बिजेता फ्रान्सँग हँगेरीले बराबरी खेलेको छ । युरोकप अनतर्गत शनिबार राति भएको खेलमा हंगेरीले फ्रान्ससँग १-१ को बराबरी खेलेको हो ।

पहिलो हाफको इन्जुरी समयमा हंगेरीका एटिला फिओआले फ्रान्स बिरुद्ध पहिलो गोल गरेका थिए । फ्रान्सले हंगेरीको पोलमा पटक पटक अट्याक गरेपनि गोल गर्न सकेको थिएन । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोनी ग्रिजमानले बराबरी गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो । यो खेलसँगै फ्रान्सले दुई खेल खेलेको छ । जसमा एक जीत र एक बराबरीसहित ४ अंक रहेको बनाएको छ । उता हंगेरीको भने जम्मा १ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV