५ असार २०७८, शनिबार

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागले महाकाली नदीमा पानीकाे बहाव उच्च बढेकाे भन्दै सतर्क रहन अनुराेध गरेकाे छ ।

आज (असार ५ गते) बिहान ६:३० बजे जारी गरिएकाे पानी सूचनामा विभागले महाकाली नदीकाे पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बताएकाे छ । याे बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय क्षेत्र, डुबान भइरहने होचा स्थानका बासिन्दाले साँझसम्मै सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा सक्रिय रहेको छ माैसम पूर्वानुमान महाशाखले जनाएकाे छ ।

यसका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । वर्षा निरन्तर भइरहेकाले महाकाली नदीमा हिजाेदेखि नै जलसतह बढ्न थालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV