४ असार २०७८, शुक्रबार

काठमाडौं । काठमाडौंको जडीबुटीमा नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहनलगायतका बिषयमा सरकारको गरेको निर्णयको विरोध गर्दै मञ्चले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

सरकारको कदमको बिरोध गर्दै उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । विरोधका क्रममा उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए ।

पुत्ला दहनका क्रममा प्रहरीले हस्तषेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय नेविसंघले निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV