४ असार २०७८, शुक्रबार

इलाम । देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको बेला इलाममा पनि थप १८ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १८ जना थपिए संगै संक्रमितको संख्या १५ सय ८० पुगेको छ ।

आज कोरोना संक्रमण हुनेहरुमा सूर्योदय नगरपालिकामा १ महिला १ पुरुष, माङसेवुङ गाउँपालिकामा ५ महिला २ पुरुष र माई नगरपालिका ५ महिला ४ पुरुष रहेका छन् ।

हाल सम्म ३७ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ८४ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV