४ असार २०७८, शुक्रबार

विराटनगर । विगतमा भएका विपदका घटनालाई मध्य नजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति मोरङको बैठकले विपद प्रतिकार्य योजना र मनसुन पूर्व तयारी प्रतिकार्य योजना स्वीकृत गरेको छ ।

विपद प्रत्येक बर्ष दोहोरिने गर्दछन् तर यसबाट बच्नको लागि जील्लामा संचालित सुरक्षा संयन्त्रहरुको तयारीका वारेमा सशस्त्र प्रहरी बल नेपाल ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारी मोरङका प्रमुख एसपी तीर्थ पौड्लले विपदको वेलामा उद्धारका सामाग्रीहरु सहित आफुहरु गयारी अवस्थामा रहेको बताउनु भयो ।

मोरङको थलाहा स्थित भैरव गणका प्रमुख गणेश साउदले पनि जिल्लाका विभिन्न स्थानमा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखेको र तालिम प्राप्त सेनाहरु तयारी अवस्थामा रहेको बताउनु भयो ।

शुक्रवार विराटनगर स्थित जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले बाढी पहिरोको कारण हुन सक्ने क्षति रोक्न र जोखिमन्यून गर्न विपद् प्रतिकार्य योजना र मनसुन पूर्व तयारी प्रतिकार्य योजना स्वीकृत गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

उहाँले मनसुन शुरु भईसकेको अवस्थामा प्रत्येक पालिकालाई जोखिमको क्षेत्र पहिचान गरेर तयारी थाल्न समेत निर्देशन दिइएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV